विश्व स्वास्थ्य संगठनका महानिर्देशक र प्रधानमन्त्री बीच भेटवार्ता

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले भेट गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनेगरी सरकाले विभिन्न कार्यक्रमहरु संचालन गरेको जानकारी गराएका थिए । 

साथै कोभिड नियन्त्रण लगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि पनि प्रधानमन्त्रीले धन्यवाद व्यक्त गरेका थिए । प्रधानन्त्रीले नेपाली स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षीय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा भेटमा राखेका थिए ।  

भेटमा महानिर्देशक डा.टेड्रोसले नेपालले कोरोना विरुद्धको खोप अभियान प्रभावकारी रुपमा व्यवस्थापन गरेको र प्राय सबैजसोलाई खोप लगाइसकेकोमा प्रधानमन्त्रीको प्रशंसा गरेका थिए । 

कोभिड नियन्त्रण तथा रोकथाममा पनि नेपाल सरकारको रणनीति प्रभावकारी भएको उनको भनाई थियो । साथै नेपालले छोटो समयमा बाल तथा मातृ मृत्यु दर घटाएको लगायतका विभिन्न स्वास्थ्य सुचकहरुमा गरेको प्रगतिको पनि प्रशंशा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here