लगातार ओरालो लागेको सुनको मुल्य, आज ३ सयले वृद्धि

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ३ सय रूपैयाँ  बढेको छ । चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ४ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुन एक लाख ६ सय र तेजावी सुन एक लाख १ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै, हिजो चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here