रुबीभ्याली उप-प्रमुखमा राप्रपा बाट छिमी मम्बा तामाङको चर्चा, यस्ता छन उनका प्रतिबद्धताहरु

धादिङ । रुबीभ्याली गाउँपालिकाको उप–प्रमुखको उम्मेदवारमा राप्रपाको छिमी मम्बा तामाङको नाम निकै चर्चामा छ । उप-प्रमुखमा छिमीसँगै धेरैले आकङ्क्षा देखाएपनि राप्रपाको छिमी मम्बालाई निकै बलियो दाबेदारको रूपमा हेरिएकी छिन् । आफुले पार्टी भन्ने नाम सुन्दा देखी नै राप्रपामा आबद्ध छिमी पार्टीभित्र त्यति चर्चित अनुहार नभए पनी रुबीभ्यालीका आम जनता माझ निकै लोकप्रिय पात्र हुन् । कलाकारिता र व्यवसायीलाई मुख्य पेशा अपानाउदै गरेकी छिमी दयाँलु र सहयोगी भावना भएकै कारण रुबी भ्यालीका आम जनताको चाहना झन् छिमी प्रति बढेको हो। यहीँ जन भावनालाई कदर गर्दै बाकी जीवन समाज सेवामा समर्पित गर्ने निर्णय सहित उप-प्रमुखमा दाबी गरेकी छिमी बताउछिन ।

“हिंसामा परेका महिलाहरुको न्यायदेखि डोको,नाम्लो र चुलो,चौकोबाट छुटकारा सम्म”

ऊनी विशेष गरी गाउँ पालिकामा महिलाका लागि विशेष प्रकारका काम गर्ने आफ्ना मुख्य एजेण्डा रहेको बताएकि छिन् । उनले भनिन्, ‘गाउँ पालिकामा दिदीबहिनीहरुले साह्रै दुःख पाएका छन् । अझैसम्म चुलो चौको छुटेको छैन् । अब स्थानीय सरकारलाई पनि राज्यले पूर्ण अधिकार दिएको छ । आफ्नो गाउँपालिका र आफ्नो ठाउँको समस्याको बारेमा कानून बनाउँन समेत अधिकार दिएको छ । त्यसैमा रहेर मैले काम गर्ने योजना बनाएकी छु ।’

छिमीले थपिन्, ‘उप–प्रमुखमा जितेपछि गाउँघरमा घरेलु हिंसामा परेका महिला दिदीबहिनीहरुको न्याय निरुपण अँझै भएको छैनन्, गाउँ पालिकाको १ नम्बर वडादेखि ६ नम्बर वडासम्मका हरेक घरमा भएका महिला दिदीबहिनीका लागि लक्षित कार्यक्रमहरु आएका छैनन्, डोको, नाम्लो र चुलो, चौको छुटाउँने खालका योजनाहरु बनेका छैनन् । यि र यस्ता विषयमा उनिहरुको अधिकारहरु पूरा गर्नका लागि मेरो महत्त्वपूर्ण भूमिका रहने छ ।’

यस्ता छन प्रतिबद्धताहरू:

शिक्षा :- विकासको मेरुदण्ड शिक्षा हो । शिक्षा प्राप्त भए हामीले जहाँ गएर जे सुकै काम गरेर भए पनि आफ्नो भविष्य उज्ज्वल बनाउन सक्छौँ । गुणस्तरीय शिक्षा भए, जहाँ पनि प्रतिस्पर्धा गर्न सक्छौँ । त्यसैले सुलभ र गुणस्तरीय शिक्षा मेरो पहिलो प्राथामिकता हो । त्यसमा पनि महिला वा बालिकालाई विशेष प्राथामिकतामा राखेर शिक्षा नीति बनाउनुपर्छ भन्ने मेरो प्रतिवद्धता छ ।

स्वास्थ्य :- हाम्रा लागि स्वास्थ्य सबैभन्दा महत्वपूर्ण विषय हो । बिरामी पर्दा, धादिङ वा त्यो भन्दा टाढा जानुपर्ने बाध्यता हटाउनु छ । त्यसका लागि हाम्रो गाउँमा सुविधा सम्पन्न अस्पताल बनाउनु छ । घर नजिकै पायक पर्ने स्थानमा क्लिनिक बनाउनु छ । सुरक्षित सुत्केरी, गर्भवती सुरक्षा हामी दिदीबहिनीका लागि अर्को महत्वपूर्ण विषय हो । कुनै पनि सुत्केरीले मृत्युवरण गर्नुनपरोस भन्ने हिसाबले सुरक्षित मातृत्व कार्यक्रम लागू गर्नुपर्छ ।

सडक :- विकासको अर्को महत्वपूर्ण विषय सडक हो । शिक्षा, स्वास्थ्य जस्ता सेवा लिन सडक अति आवश्यक छ । गाउँका हरेक टोललाई जोड्ने गरी सडक सञ्जाल बनाउनुपर्छ । तर, त्यस्ता सडकले हाम्रो खेतीपाती गर्ने जग्गा जमिन प्रकृतिक स्रोत साधनको सकेसम्म कम क्षति हुनुपर्छ भन्ने हाम्रो सर्त हुनुपर्छ ।

रोजगारी :- हाम्रो अर्को ठूलो चुनौती वेरोजगारी हो । वेरोजगारीका कारण हाम्रो जीवनस्तर उच्च बन्न सकेको छैन। वर्षमा ६ महिना काम गर्दा तीन महिना पुग्ने उब्जाउ गर्न सकिँदैन । जसले गर्दा विदेश जानुपर्ने हाम्रो नियती छ । त्यसलाई बदल्न अब हामीले रोजगारीबारे विशेष काम गर्नुपर्ने हुन्छ ।

हाम्रो गाउँमा हामीले कृषि,र पर्यटन लाई नै रोजगारी बनाउन सक्नुपर्ने छ । यहाँ पशुपालनबाट महनग्य आम्दानी हुने कार्यक्रम ल्याउनुछ । त्यसका लागि सहज ऋण, पशु सेवा,तालिम जस्ता विषय प्राथामिकतामा राख्नुपर्छ । अब निर्वाहमुखी किसानी होइन, व्यवसायिक किसानी गर्नुछ । यहाँ जडिबुटीलाई मुख्य आमदानीको रूपमालिइ त्यसको उत्पादन बढाएर बजारसम्म पुर्याए हामीले गाउँमै पैसा कमाउन सक्छौँ । जसले हाम्रो जीवनस्तर उकास्ने छ।

अन्धबिश्वास :- हाम्रो विकासको बाधक अन्धविश्वास एक समस्या हो । हामी विरामी पर्दा अझै अस्पताल नगएर धामी झाँक्रीमै विश्वास गर्छौ । छोरीलाई नपढाउने समस्या पनि छ । यी सबै कुरिती हटाउनु छ । र एक सभ्य समाजको निर्माण गर्नु छ । यी सबैका लागि शिक्षा नै पहिलो सर्त हो। त्यसैले मेरो पहिलो प्राथामिकता शिक्षा रहेको छ ।

निर्णय प्रक्रियामा सहभागिता :- हामीले जनप्रतिनिधि भइसकेपछि जनताको आवाज सुन्नुपर्छ । निर्वाचित भएपछि जनताको कुरा नसुन्ने अच्चम्मको समस्या नेताहरुमा देखिन्छ । त्यसैले हामीले गरेका वाचा पूरा गर्न र आवश्यकताअनुसार कार्यक्रम बनाउन जनताको सुझाव लिइनेछ । सुझावअनुसार स्थानीय आवश्यकता अनुसार कार्यक्रम बनाइनेछ । सबैको सम्मान सहभागीमा मात्र कार्यक्रम अगाडि बडाउनेछ।

भ्रष्टाचार विरोधी अभियान :- हामी अहिले जुन अवस्थामा छौँ, त्यसको एक कारण भ्रष्टाचार हो । राज्यले दिएको रकम हामीले सदुपयोग नगरी आफ्नो पाकेटमा हाल्ने काम रोक्नुपर्छ । योजनामा हुने भ्रष्टाचार होस् वा कुनै रोजगारीका लागि दिइने घुस त्यो बन्द हुनुपर्छ । घुस र भ्रष्टाचारमा नियन्त्रण गरियो भने हामीले बनाउन चाहेको सभ्य समाज बनाउन कुनै समस्या हुने छैन ।

सामाजिक न्याय :- समाजमा विभिन्न वर्ग छन् । जातजाति छन् । पछाडि पारिएको वर्ग तथा जातजातिलाई मुलधारमा नल्याइ विकास हुँदैन । त्यसैले जातका नाममा होस वा, लिंगका नाममा वा आर्थिक अवस्थाका नाममा । पछाडि परेको समूदायलाई मुलधारमा ल्याउन सामाजिक न्याय दिइनेछ ।

महिलामैत्री कार्यक्रम :- एक महिलाको समस्या महिलाले मात्र बुझेको हुन्छ । बिहान उठेदेखि बेलुका सुत्नेबेलासम्म महिलाले भोग्नुपर्ने समस्या पुरुषको तुलनामा निकै धैरै छन् । छोराछोरीको हेरचाहदेखि डोको बोकेर जंगल जाने र घर फर्केपछि फेरि आराम गर्न नपाइ काममा लाग्नु पर्ने अवस्था छ । त्यसैले हामीले काममा पुरुषले पनि महिलालाई सहयोग गरुन भन्ने किसिमले काम गर्ने बताउन्छिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here