सेयर बजारमा सामान्य अंकले वृद्धि: केही कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौ । अघिल्लो कारोबार दिन (बुधबार) दोहोरो अंकले घटेको सेयर बजारमा आज सामान्य अंकले सुधार आएको छ। नेप्से परिसूचक ४.९४ अंकले वृद्धि भएर २३२५.४५ विन्दुमा अडिएको छ।  नेप्से बढेसँगै कारोबार रकममा सामान्य सुधार आएको छ।

यसदिन १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँको सेयर कारोबार भयो। बुधबार २२८ कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता सेयर १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँमा किनबेच भएको थियो। सो दिन  ३६.७३ अंकले घटेर नेप्से २३२०.५१ विन्दुमा अडिएको थियो।
साताको कारोबारको अन्तिम दिन बिहीबार २३१ कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता सेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँमा खरिदबिक्री भएको हो। सेन्सेटिभ इण्डेक्स पनि २.०६ प्रतिशतले बढेर ४४३.१४ विन्दुमा बन्द भयो।
आज ३६ हजार १९० पटक सेयर कारोाबर भयो। कारोबारमा आएका १३ समूहमध्ये ८ समूहको सूचक बढ्यो। अन्य समूहको सर्वाधिक २.०५ प्रतिशतले मूल्य बढ्दा होटल तथा पर्यटनको १.०४ प्रतिशतले बढ्यो। बाँकी पाँच समूहको सूचक ओरालो लाग्यो। 
बिहीबार दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।  जाल्पा लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर्सको सेयरमूल्य १० प्रतिशत बढेको हो। यस्तै समिट लघुवित्तको सेयरमूल्य साढे ७ प्रतिशत उकालो लाग्यो। कारोबारमा आएको घलेम्दी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.३० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा  नेष्डो समृद्ध लघुवित्त अग्रस्थानमा रह्यो। सो कम्पनीको १० करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।  बुधबार पनि १४ करोड १९ लाख रुपैयाँ बढीको सेयर कारोबार गरी नेष्डो समृद्ध लघुवित्त वित्तीय शीर्षस्थानमा रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here