‘रक्सी, मासु र पेट्रोलमा’ नबिक्न भीम उपाध्यायको अनुरोध

काठमाडौ । पूर्वसचिव भीम उपाध्यायले स्थानीय तहको निर्वाचनमा नेताले दिएको रक्सी, मासु र पेट्रोलमा नबिक्न आग्रह गरेका छन । उनले टोल, गाउँ, शहरको समस्या समाधान गर्न सक्ने, सक्षम र सहि उम्मेद्वारलाई मात्रै मतदान गर्न आग्रह गरेका हुन ।

उनले एक बोतल रक्सी, एक प्लेट मासु र केही लिटर पेट्रोलमा गलत व्यक्तिलाई मत दिन नहुने तर्क गरेका छन । आगामी पाँच बर्षका लागि वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गलत हातमा सुम्पे जनताले दुःख पाउने बताए । उनले मतको प्रयोग विवेक प्रयोग गरेर सहि व्यक्तिलाई मात्रै दिनुपर्ने सामाजिक संजालमा तर्फ गरेका छन । उनले भ्रष्ट, गलत व्यक्तिको हातमा घरको चावी परे घर रित्ने टिप्पणी गरे ।
विगतका नेताहरूले बनाएका हजारौँ भ्यूटावर, प्रवेश द्वारमा चढेर झुपडी, जीर्ण स्कूल, रोगी स्वास्थ्य चौकी, फोहरमैलाको डुंगुरको दृश्यावलोकन गराउदै जनतालाई सचेत बनाउने कामका लागि पहल गर्न युवाहरूलाई उनले अनुरोध गरेका छन । युवाहरूकै बल र बलिदानले बुढाहरूले गजधम्म राजगर्दै आएका छन । अब किन युवाहरूले बागडोर आफै नसम्हाल्ने ? किन नेताहरूबाट प्रयुक्त भइरहने ? तिनले जित्नु भनेको तिनका गर्भे ’सुयोग्य’ नातेदारहरू चा‘दी कटाई गर्ने सुरक्षाका लागि हो । पेट्रोल, मासु रक्सीमा किन आफ्नै र आफन्तको साथीभाइहरुको मत बेचेर वा बेच्न उक्साएर आफू तन्नम बनिरहने ? उनले प्रतिप्रश्न गरे ।
उनले काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेद्वार ¥यापर बालेन साहलाई सबै युवा वर्गले मतदान गरेर सहयोग गर्न पर्ने बताएका छन । उनले एक हजार रुपियाँ र पाच सय रुपियाँको नोट अवैध गर्ने र गाँजा वैध गर्ने घोषणा गर्ने दल वा नेतालाई मात्र भोट दिने बताए । उनले तिनका लागि मात्र म भोट हाल्न देश विदेशका लाखौँ शुभचिन्तक मतदातासंग अपील पनि गरेका छन । अब अरु कसैका लागि हैन, आफ्नै देश, जनता र विकटमा बसेका युवाहरु, किसानहरुको हितका लागि तिनको जीवन धनि बनाउन तिनका बालबच्चालाई पढाउन र तिनका बुढाबाआमाहरुको स्वास्थ्य सुरक्षाका लागि मात्र भोट हाल्न उनले सम्पूर्ण नेपाली जनसमुदायलाई आग्रह गरे ।
सचिवबाट अवकाश पाएपछि उपाध्यायले सरकारका गतिबिधि तथा समसामयिक बिषयमा खरो आलोचना र टिप्पणी गर्दै आएका छन् । उनले नेपालमा उत्पादन हुने गाँजालाई लागूऔषधको रुपमा नभई औषधीको रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन । उनले गाँजाबाट आर्युर्वेद्धिक औषधि, तेल र कागज र यसको प्रयोगबाट कपडा, व्यागहरु निर्माण गरेर स्वदेशमा मात्रै नभई बिदेशमा पनि निर्यात गर्न सकिने बताएका छन । उनले स्वदेशमै भएका र उपलब्ध सामाग्रीको भरपुर प्रयोग गरेर यहाँ रोजगारी, यहाँका जनतालाई स्वरोजगार, उत्पादन र अर्थसंग जोड्दै स्वनिर्भर, आत्मनिर्भर बन्नु पर्ने तथा नेपालमा दैनिक उपभोग्य बस्तुको आयात घटाई, नेपालबाट बिदेशमा हरेक सामाग्री निर्यात गर्ने बातावरण बनाउन जोड दिर्दै आएका छन । उनी तितो, खरो र स्पष्ट वक्ता पनि हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here