मोबाइल बाटै स्तरीय भिडियो खिच्न ध्यान दिनु पर्ने ६ महत्त्वपूर्ण तरिकाहरु

काठमाडाैं । घुम्न जाँदा होस् या केही नयाँ र नौलो कुरा देख्दा हामी प्रायः भिडिओ खिचिरहेका हुन्छौ । तर धेरैलाई कसरी राम्रो भिडिओ खिच्ने भन्ने कुराकाे पर्याप्त जानकारी हुँदैन । 

आफ्नो हातमा रहेको मोबाइलबाटै स्तरीय र व्यवसायिक भिडिओ कैद गर्न सकिन्छ । तर यसका लागि केही विशेष कुरामा ध्यान दिनुपर्छ ।
१. हाई रेजाेलुसनमा भिडिओ खिच्नुहोस्ः

मोबाइलको क्यामेरामा भिडिओ खिच्नको लागि फरक-फरक सेटिङ हुन्छन् । उदाहरणका लागि 720P, 1080P तथा 4K । यस्तोमा भिडिओ राम्रो खिच्नको लागि तपाईले आफ्नो मोबाइलको क्यामेरामा हाई रेजाेलुसन छान्नुपर्ने हुन्छ ।

भिडि‌‌ओ राम्रो खिच्नको लागि एफपीएस पनि महत्वपूर्ण हुन्छ । त्यसैले सकेसम्म भिडिओ खिच्दा हाई एफपीएसमा खिच्नुहोस् ।

२. दायाँ बायाँ नहल्लाउनुहोस्ः
भिडिओ खिच्दा दायाँ बायाँ छिटो छिटो गर्ने धेरैको बानी हुन्छ, जसले गर्दा  भिडिओ राम्रो आउँदैन । त्यसैले मोबाइल ठाडो बनाएर या तेर्सो बनाएर खिच्दा विस्तारै दायाँ बायाँ गर्ने बानी पार्नुहोस् ।
सकेसम्म मोबाइलबाट भिडि‌‍ओ खिच्दा ट्राइपोड प्रयोग गर्नुहोस् । यसमा तपाईंलाई मोबाइलमा भएको क्यामेरा स्टेबलाइजरले पनि मद्दत गर्छ ।

३. लाइटिङलाई ध्यान दिनुहोस्ः
भिडिओ तथा फोटो राम्रो आउनमा लाइटको पनि महत्वपूर्ण भूमिका हुने गर्छ । भिडिओ खिच्नुभन्दा अगाडि तपाईंले भिडिओ खिच्न लागेको चिजमा लाइट कत्तिको छ र कताबाट आइरहेको छ नियाल्नुहोस् ।
सकेसम्म अलि उज्यालो ठाउँमा भिडिओ खिच्नुहोस् । तर लाइटको स्रोतलाई सिधा पोइन्ट नगर्नुहोस् । यस्तो गर्दा पनि फोटो तथा भिडि‌‌ओ नराम्रो आउसक्छ ।
४. जुम गरेर फोटो खिच्ने बानि हटाउनुहोस्ः

प्राय हामी सबैको बानी कुनै पनि वस्तुको नजिक गएर फोटो तथा भिडिओ खिच्नेभन्दा पनि टाढाबाट जुम गरेर खिच्नेहुन्छ । यस्तोमा भिडिओको गुणस्तर घट्नसक्छ । त्यसैले नजिक गएर भिडिओ खिच्नुहोस् ।
५. भिडिओमा आउने आवाजलाई पनि ध्यानमा राख्नुहोस्ः
भिडि‌ओको गुणस्तर भिडि‌ओको आवाजले पनि निर्धारण गर्छ । भिडि‌ओमा आवाज राम्रो भएन भने भिडिओ हेर्नेले तपाईले भन्न खोजेको कुरा बुझ्न सक्दैनन् ।
त्यसैले भिडिओ खिच्दा भिडि‌ओसँगै अडियाेको पनि ख्याल राख्नुहोस् । यसका लागि माइक्रोफोनको पनि प्रयोग गर्न सक्नुहुन्छ ।
६. पूर्वतयारी गर्नुहोस्ः
सबै भिडिओ अचानक खिचिदैनन् । यदि तपाईं कुनै भिडिओ योजना गरेर खिच्दै हुनुहुन्छ भने त्यसको लिखित तयारी गर्नुहोस् । भिडिओ कहाँ खिच्ने ,कसरी खिच्ने, कुन एङ्गलमा खिच्ने सबै योजना बनाउनुहोस् । यसले पनि भिडियो राम्रो बनाउन मद्दत गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here