आज सुनको मूल्य प्रतितोला एक लाख नौ सय रुपैयाँ

काठमाडौ । सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार सुन तोलाको एक लाख एक सय रुपैयाँमा  कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुनको भाउ तोलाको एक लाख चार सय निर्धारण भएको छ ।  चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । सोमबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँ  निर्धारण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here