मोदी र बाइडेन बीच भर्चुअल वार्ता: केकस्ता बिषयबस्तुहरुमा भयो त छलफल ?

अन्तरास्ट्रिय खबर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भर्चुअल वार्ता हुने भएको छ । 

अमेरिका र भारतबीचको आपसी सहयोगलाई अझै बलियो बनाउने उद्देश्यले सन् २०१८ देखि हरेक वर्ष यसरी दुई दुई मन्त्रीबीचको वार्ताको थालनी भएको हो । यो फोरम एसियामा दुई पक्षीय सम्बन्ध र सहयोग सुधार गर्न केन्द्रित रहँदै आएको छ । एसियामा चीनलाई चुनौती दिन भारतलाई सहयोग गर्ने नीतिको रूमा पनि यसलाई हेरिने गरिएको छ । 
त्यसैले पनि अमेरिका र भारतको आपसी चासोका विषयहरूमा कम्तीमा एकै खालका सार्वजनिक विज्ञप्तिहरू बाहिरिने गरेका छन् । तर प्रायशः देखिन यो प्रक्रिया यसपालि युक्रेनमाथि रुसले आक्रमण गर्दा भने फरक देखिएको छ ।  
सोमबारको आपसी वार्ताको सम्मुख दिल्लीले जारी गरेको प्रेस विज्ञप्तिमा दुई मुलुकबीच ‘बृहत विश्वव्यापी सामरिक साझेदारी’लाई सदाझैँ सुदृढ बनाउँदै लगिने कुरा उल्लेख गरिएको छ । 
तर वासिङटनको विज्ञप्ति भने फरक रहेको छ । अमेरिकाले आफूले युक्रेनमाथिको रुसको आक्रमणको अस्थिर असरहरू रोक्ने र फेरि पनि मस्कोको पक्षमा कडा अडान नलिन दबाब दिने बताएको छ । फेब्रुअरीमा युद्ध सुरु भए यता भारत र अमेरिकाको युक्रेनमाथिको दृष्टिकोण फरक रहँदै आएको छ । दिल्लीले मस्कोको कार्यको प्रत्यक्ष रूमा आलोचना गरेको छैन ।  
(बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here