नुवाकोट बिदुर न.पा. १३ को वडा अध्यक्षमा बिराज तामाङको उम्मेदवारी

नुवाकोट । स्थानीय निकायको निर्वाचन घोषणा गरेसंगै दलहरुमा चुनावि माहोल तातेको छ ,अहिले दल र दलका नेता आफ्नो दाबी प्रस्तुत गरिरहेका छन ,कतिपय स्थानमा सर्बसम्मत त कतिपय स्थानमा उम्मेदवार धेरै भएर आफ्नो उम्मेदवार बारे निर्णय गर्न दलहरुलाइ सकस परिरहेकै छ ।
यसैबिच नुवाकोटको विदुर नगरपालिकामा पनि चुनावी माहोल तातेको छ।

विदुरको विभिन्न वडामा विभिन्न दलको उम्मेदवारमा चर्चा परिचर्चा चल्ने क्रममा विदुर-१३को नेपाली काङ्ग्रेसको तर्फवाट वडा अध्यक्षको उम्मेदवारमा युवा नेता  बिराज तामाङको चर्चा चलेको छ।   
गत स्थानीय चुनावमा काङ्ग्रेसका दल ब तामाङ विजयी भएको वडामा वडा अध्यक्षमा बिराज तामाङको उम्मेदवारीमा बलियो दावी परेको १३ नम्बर वडा काङ्ग्रेस स्रोतले जानकारी दिएको छ।
सामाजिक अभियानमा सक्रिय तथा स्वच्छ छवि बनाएको तामाङको वडा अध्यक्षमा उम्मेदवारीको चर्चाले स्थानीय  काङ्ग्रेसीजन, युवाहरु उत्साही छन।

बि.पि.को बिचारबाट प्रभावित हुँदै सक्रिय राजनीतिमा २०६१मा नेपाल तरुण दल बाट सक्रिय राजनितिमा  प्रवेश गरेको तामाङ २०६४/२०७० को चुनाब मा  ने.का को उमेर्दार लाई जिताउन सक्रिय भुमिका खेल्नु भयको थियो। ने.का.को १४ औ माधिबेसनमा प्रदेश प्रतिनिधिमा निर्बाचित तामाङ हाल ने.का. निर्बाचन क्षेत्र न २ प्रदेश ख को कोषाध्यक्ष हुन । स्थानीय स्तरमा लोकप्रिय रहेको हुदा अन्य दललाई कडा चुनौती हुने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here