रुबीभ्याली ६ को वडा अध्यक्षमा समीर गुरुङको उम्मेदवारी घोषणा

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा न. ६ को वडा अध्यक्षमा सत्तारुढ गठबन्धन पार्टी नेकपा एकीकृत समाजबादीको तर्फ बाट एकीकृत समाजबादीका युवा नेता एबं युवा संघ धादिङका उपाध्यक्ष समीर गुरुङ द्वारा उम्मेदवारीको घोषणा गर्नु भएको छ ।

बिगत १२/१५ वर्ष देखि राजनीतिमा सक्रिय गुरुङ एक मिलनसार सबै सङ्ग मिल्ले राम्रो चरीत्र भएका युवा नेता हुन ।

गुरुङ रुबीभ्याली वडा न. ६ का एक परिचित नाम हो साथै भबिस्यको अध्यक्ष को सम्भावना बोकेको एक ब्यक्ति को रुप मा पनि हेरिएको छ । विभिन्न संघ सस्थांमा काम गरेर आफ्नो परिचय बनाएका गुरुङ उत्तरी धादिङको विभिन्न सामाजिक, राजनैतिक गतिविधिमा पनि सक्रिय रुपमा लाग्दै आउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here