‘मिस तमुस्यो लमजुङ २०२२’ को अडिसन सम्पन्न

लमजुङ । गुरुङ (तमु) समुदायको संस्कार, संस्कृति भाषा, र भेषभुषालाई संरक्षण, सम्बद्र्धन र प्रर्वद्धन गर्ने उदेश्यले लमजुङको बेसीशहरमा पहिलो पटक हुन लागेको मिस तमुस्यो लमजुङ २०२२ प्रतियोगिताको मंगलबार अडिसन सम्पन्न भएको छ ।

बेसीशहरको सेराकुना रिङरोडमा रहेको आकाश भान्छाघरमा सम्पन्न भएको पहिलो चरणको अडिसनमा १६ जना प्रतियोगी सहभागी रहेको बबिता क्लिप्स इन्टरटेन्टमेन्टका प्रोपाइटर वविता गुरुङले बताइन् । प्रतियोगीतामा गुरुङ फिल्मका निर्देशक एवम् नायक सुवास गुरुङ, नायीका खुशी माया गुरुङ , मिस नेपाल आइडल सोनिका गुरुङ र मिस गुरुङ इन्टरनेश्नल बबिता गुरुङ अडिसनमा जर्ज रहनुभएको थियो । प्रतियोगीताको अर्को अडिसन बैशाख १७ गते भोटेवडारमा हुने भएको छ ।

प्रतियोगिता लमजुङ जिल्ला भित्र रहेका गुरुङ तमु समुदायका युवतीहरुबिच हुन लागेको हो । प्रतियोगिताले गुरुङ समुदायको भाषा, संस्कृतिको संरक्षण गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ । २१ औ शताब्दीमा आइपुग्दा तमु जातिहरुले आफ्नै मौलिक पहिचान भाषा, धर्म, संस्कार, सस्कृति, परम्परा र इतिहासलाई विसीदै गएकाले यसको संरक्षण र प्रर्वद्धन गर्न लमजुङमा पहिलोपटक मिस तमुस्यो लमजुङ २०२२ प्रतियोगिताको आयोजना गरिएको बबिता क्लिप्स इन्टरटेन्टमेन्टका प्रोपाइटर वविता गुरुङ बताउनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here