नेपालबाट चोरिएका ७९ सम्पदाहरु ६ देशबाट फिर्ता ल्याइयो

काठमाडौं । नेपालबाट चोरिएका तथा विभिन्न समयमा हराएका ७९ वटा सम्पदा फिर्ता ल्याइएको छ। पुरातत्व विभागको अनुसन्धानपछि कूटनीतिक समन्वय गरेर विभिन्न ६ वटा देशबाट सम्पदाहरु फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपाल बाहिर गएका सम्पदा ल्याउन नेपाल भित्र्याउन प्रयासरत रहेको बताइन्। ‘सम्पदा भित्र्याउने गौरवको कुरा हो। संस्कृति जोगाउने, इतिहास उजागर गर्ने कुरा हो,’ उनले भनिन्। 
उनकाअनुसार तिब्बतबाट सबैभन्दा धेरै २८ सम्पदा फिर्ता ल्याइएको छ। कोलकाताबाट १३, बेलायत १९, अमेरिका १७, अष्ट्रियाबाट १ र जर्मनी १ गरी कुल ७९ थान सम्पदा फिर्ता आएको छ। 
प्रवक्ता लम्सालले अमेरिकाका विभिन्न संग्रहालयबाट ल्याउन दूतावासले पहल गरिरहेको बताइन्। ‘पुरातत्व विभागले पनि अध्ययन गरेपछि नेपाल फर्काउन पहल गरिरहेका छौं,’ उनले भनिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here