‘मिस तमुस्यो लमजुङ २०२२’ को अडिसन
चैत १५ गते देखि लमजुङको बेसीशहरमा हुने




लमजुङ । गुरुङ (तमु) समुदायको संस्कार, संस्कृति भाषा, र भेषभुषालाई संरक्षण, सम्बद्र्धन र प्रर्वद्धन गर्ने उदेश्यले लमजुङमा बेसीशहरमा पहिलो पटक हुन लागेको मिस तमुस्यो लमजुङ २०२२ प्रतियोगिताको भोली १५ गते अडिसन हुने भएको छ ।
प्रतियोगिता बबिता क्लिप्स इन्टरटेन्टमेन्ट र पाचोक नौथर तमु समाज काठमाडौको आयोजना र तमु प्हेलु संघ युवा समिती लमजुङको सहआयोजनामा हुन लागेको हो ।
प्रतियोगिता लमजुङ जिल्ला भित्र रहेका गुरुङ तमु समुदायका युवतीहरुबिच हुन लागेको हो ।

प्रतियोगिताले गुरुङ समुदायको भाषा, संस्कृतिको संरक्षण गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक ब्यक्तिहरुले ९८०८२४३०४६ नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ ।
२१ औ शताब्दीमा आइपुग्दा तमु जातिहरुले आफ्नै मौलिक पहिचान भाषा, धर्म, संस्कार, सस्कृति, परम्परा र इतिहासलाई विसीदै गएकाले यसको संरक्षण र प्रर्वद्धन गर्न लमजुङमा पहिलोपटक मिस तमुस्यो लमजुङ २०२२ प्रतियोगिताको आयोजना गरिएको बबिता क्लिप्स इन्टरटेन्टमेन्टका प्रोपाइटर वविता गुरुङ बताउँछीन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here