हलिउड अभिनेता विल स्मिथले जिते यस वर्षको ‘ओस्कार अवार्ड’

अन्तरास्ट्रिय खबर । हलिउड अभिनेता विल स्मिथले यस वर्ष ओस्कार अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। उनले फिल्म किङ रिचार्डको लागि यो ओस्कार पाएका हुन्। सोमबार अमेरिकाको डल्बी थिएटरमा भएको कार्यक्रममा उनले डेन्जेल वासिङटन, एन्ड्र्यु गारफिल्ड, बेनेडिक्त कुम्बरब्याचजस्ता अभिनेतालाई पछि पार्दै अवार्ड हात पारेका हुन्।

फिल्ममा उनले चर्चित टेनिस खेलाडी सेरेना तथा भेनस विलियम्सका पिताको भूमिका निर्वाह गरेका छन्। ५३ वर्षीय अभिनेता स्मिथ यसअघि अलि, द पर्स्युट अफ ह्यापिनेस ओस्कारमा नोमिनेसनमा परेका थिए।

स्मिथले यसअघि यही फिल्मको लागि बाफ्टा तथा क्रिटिक्स च्वाइस अवार्ड जितिसकेका छन्।
किङ रिचार्डको निर्देशन रेनाल्डो मार्कस ग्रीनले गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here