भारतको सिलिगुढिबाट काठमाण्डौ जादै गरेको बस चुम्लिङटार नजिकै पल्टियो

चैत – १२ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुम्लिङटार नजिकै बस दुर्घटना भएको छ । भारतको सिलिगुढिबाट काठमाण्डौ जादै गरेको बा ५ ख ७९४२ नम्बरको बस आफै अनियन्त्रित भै आज बिहान करिब ९ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनाका घाईतहरुलाई स्थानीय र प्रहरीले उद्धार गरि अस्पताल पठाइएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार कती जना घाइते भएको भन्ने खुलेको छैन । घाइते मध्ये दुई जनालाई भरतपुर र अन्यलाई धादिङको गजुरी पठाइएको छ ।
स्थानीयका अनुसार घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।
सडकमा बस पल्टिएपछि सडक अवरुद्ध बनेको छ । अहिले क्रेनको साहयताबाट बसलाई सडकबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । बिस्तृत विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here