पहिलो गीत, एक हप्तामै युट्युवमा १ करोड भ्युज पाउने प्रकाश सपुतको ‘पिर’

काठमाडौ । गायक प्रकाश सपुतको हालै मात्र सार्वजनिक भएको ‘पिर’ बोलको गीतले युट्युवमा नयाँ रेकर्ड राख्न सफल भएको छ ।

सपुतको ‘पिर’ नामक गीत युट्युवमा छोटो समयमा सबैभन्दा धेरै भ्युज पाउने गीत बनेको छ । सार्वजनिक भएको एक हप्तामा नै सो गीतले एक करोड भ्यु पार गरेको छ ।

योभन्दा अगाडि छोटो समयमा धेरै भ्यु भएको गीतको कीर्तिमान विष्णु माझीको ‘चरी जेलैमा’ बोलको गीतले राखेको थियो । सो गीतले सार्वजनिक भएको १२ दिनमा नै एक करोड भ्यु पार गरेको थियो ।

गत शुक्रबार सपुतले आफ्नो युट्युव च्यानलमा यो गीत अपलोड गरेका थिए र अहिलेसम्म नेपालमा ट्रेन्डिङ नम्बर १ मा छ । सार्वजनिक भएलगत्तै यो गीत विवादित पनि बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here