राप्रपा द्वारा नेत्रावती डबजोङको वडा न. २,३,४ का वडा अध्यक्षहरुको उम्मेदवारी घोषणा

काठमाडौ । राजधानीको सामाखुशी स्थित क्वालिटी क्याफेमा नेत्रावती डबजोङ गाउँपालिका धादिङको वडा न. २,३, र ४ को वडा अध्यक्षहरुको राप्रपा द्वारा उम्मेदवारी घोषणा गरेको छ । उक्त पार्टीको उम्मेदवार घोषणा कार्यक्रम मा पुर्ब गृहमन्त्री तथा राप्रपा केन्द्रीय उपाध्यक्ष बुद्दिमान तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने ,नेता डम्बर ब. तामाङ, नवराज श्रेष्ठ लगायत राजधानीमा बिभिन्न पेसा र ब्याबसाय संग सम्बन्धित नेत्रावती डबजोङ गा.पा (साबिकको)कटुन्जे, मार्पाक, सेमजोङका नेता, कार्यकर्ता, एबंम रा:प्र:पा शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

कार्यक्रम मा आगामी पार्टीको भाबी योजना, संगठन बिस्तार, चुनाब प्रचार-प्रसार, लगायत का बिषयमा ब्यापक छलफल समेत गरिएको छ ।

यसैगरी नेत्रावती डबजोङ गा.पा. वडा न. २,३,४ मा निम्न ब्यक्तिहरुलाई वडा अध्यक्षमा उम्मेदवारीको घोषणा गरेको छ ।
वडा नं-(२)कुमार गुरुङ,
वडा नं-(३)कुल बहादुर घले,
वडा नं-(४)अमर गुरुङ
लगायतका ब्यक्तिहरुलाई सर्बसहमतबाट उम्मेदवारी घोषणा गरिएको छ। उम्मेदवार हरुलाई पुर्ब गृहमन्त्री बुद्दिमान तामाङ द्वारा टिका र खादा लगाएर बिजयको शुभकामना दिनुभएको थियोे । अबको केही दिनभित्रै रा:प्र:पा नेत्रावती डबजोङ गा:पा को बाँकी उम्मेदवारी घोषणा गर्न बाँकी रहेको वार्ड, तथा गा:पा को अन्तिम टुङ्गो लगाउने राप्रपा नेत्रावती डबजोङ गा.पा. ले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here