सुन तोलामा १२ सय रुपैयाँले घट्यो 

काठमाडौ । बुधबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ घटेको छ। मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार तोलामा १२ सय रुपैयाँ घटेर ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ। बुधबारका लागि चाँदीको मूल्य १३ सय ७० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here