नेपाल निजामती कर्मचारी युनियनको आठौ महाधिबेशनबाट धादिङका तिन जना केन्द्रिय सदस्यमा निर्वाचित । 

धादिङ,फाल्गुन,२५।

नेपाल निजामती कर्मचारी युनियनको आठौ महाधिबेशनबाट धादिङका तिन जना केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ।

निर्वाचित हुनेमा बागमती प्रदेशको भुगोलबाट कृष्ण बहादुर पौडेल, दलित कोटाबाट बालकृष्ण नेपाली र स्थानिय तहबाट बिदुर शर्मानेपाल रहनुभएको छ।

यसअघि पनि केन्द्रिय सदस्य भईसक्नुभएका पौडेलले खसेको मतको साठी प्रतिशत भन्दा बढि ३७९ सर्वाधिक मत प्राप्त गरि बिजयहुनुभएको हो भने बालकृष्ण नेपाली र बिदुर शर्मा नेपाल भने निर्विरोध निर्वाचित हुनुभएको हो ।अधिबेशन काठमाण्डौमा फागुन २१ देखि२३ गते सम्म संचालन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here