रुबिभ्यालीमा बस सेवा सञ्चालन भए सगै स्थानीय खुसी: दुर्घटनाको जोखिम भने उच्च

काठमाडौ । धादिङको उत्तरी क्षेत्र रुबिभ्यालीमा बस सेवा सञ्चालन भएको छ । बस सेवा संचालन भए सगै स्थानीयहरुमा खुसीयाली छाएको । यसभन्दा अघि साना जिप र आइचर ट्रकहरु मात्रै सञ्चालन भैरहेकोमा बुधबार बाट बस सेवा पनि संचालनमा आएको हो ।

बस सेवा संचालन भएता पनि, अत्यन्तै जोखिम युक्त सडक भएकोले सडक दुर्घटना हुने सम्भावना रहेको छ । साना जिपहरुलाई समेत टर्निङ नपुग्ने, साघुरा सडक बस नै छिर्न मुस्किल एब भिर पहिरो र कति पय सडकको छेउ छाउमा कमजोर जमिन भएकोले भास्सिने सम्भावना भएकोले यातायात व्यावसायि, यात्रु , स्थानीय प्रदेश एबं केन्द्र सरकार, सडक बिभाग एबं सरोकार निकायको विशेष ध्यानाकर्षण हुन आवश्यक रहेको छ ।

साना जिपहरु द्वारा चर्को भाडा दरमा आवतजावत गर्नु पर्ने अझ भनौ चाडपर्वमा त डबल भाडा तिर्नु पर्ने बाध्यता रहेको छ । हाल धादिङ बेसि रुबिभ्याली १२ सय भाडा दर रहेकोमा सम्बवत चाडपर्वमा २४/२५ सय तिरेर आवतजावत गर्नु पर्ने हुन्छ । यसकारण यदि नियमित बस सेवा संचालन भए रुबिभ्यालिका जनताले यो समस्या भोग्नु पर्दैन होला ।

यसर्थ यो “रुबिभ्यालीका जनताको निम्ति सुवर्ण अवसर र संगै उच्च जोखिम” युक्त भएकोले सडकलाई थप मर्मत र गुणस्तरीय बनाउन सबै निकाय लागि पर्नु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here