प्रभासको सुपरहिट फिल्म बाहुबलीको तेस्रो संस्करण आउने

काठमाडौ । साउथ सुपरस्टार प्रभासको सुपरहिट फिल्म ‘बाहुबली’को पहिलो अध्यायले बक्स अफिसमा भएका सबै रेकर्ड तोड्यो । यस्तै, फिल्मको दोस्रो भाग पनि हिट साबित भयो । यसैगरी, अहिले यो फिल्मको तेस्रो भाग आउन लागेको चर्चा सुरु भएको छ । 

प्रभास अर्थात ‘महेन्द्र बाहुबली’ पनि यो फिल्ममा देख्न सकिने अनुमान गर्न थालिएको छ । एक अन्तर्वार्ताका क्रममा प्रभासले बाहुबलीका निर्देशक एसएस राजामौलीसँग फेरि काम सकिने बताएका छन् । साथै प्रभासको भनाई थियो , ‘राजमौली बाहुबलीको फ्रेन्चाइज बन्द गर्ने मुडमा छैनन् ।’

उनले ‘बाहुबली’ को अर्को भाग छिट्टै आउन सक्ने पनि बताए । तथापि, यसबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा भने गरिएको छैन। निर्देशक एस एस राजामौली यतिबेला आफ्नो फिल्म आरआरआरमा व्यस्त छन् । सो चलचित्र यही मार्च २५ मा रिलिज गर्ने तयारी छ । प्रभास  पनि चाँडै अभिनेत्री पूजा हेग्डेसँग फिल्म ‘राधे श्याम’ मा देखिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here