नेपाली काङ्ग्रेस निलकण्ठ नगरपालिका वडा न २ को वडा कार्यलय उद्घाटन

धादिङको निलकण्ठ नगरपालिका वडा न २ को नेपाली काङ्ग्रेस वडा कार्यलय आज उद्घाटन गरिएको छ । नेपाली काङ्ग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारिकाे प्रमुख आतिथ्यतामा पुर्व जिल्ला सभापति रमेश धमलाकाे विशेष अातिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रमकाे सभापतित्व नेपाली काँग्रेस नीलकण्ठ नगरपालिका २ का वडा सभापति भाेज वहादुर थापाकाे सभापतित्वमा भएकाे हाे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति राकेश धमला, सदस्य तरूणदल धादिङको अध्यक्ष गाेपाल विश्वकर्मा, महाधिवेशन प्रतिनिधि ईश्वर अधिकारी , प्रदेश प्रतिनिधि तथा टानका अध्यक्ष खुम सुवेदी नेपाल शिक्षक संघका पुर्व अध्यक्ष धुर्व रिजाल , नेपाली काँग्रेस धादिङका सचिव बिकास श्रेष्ठ लगायत नेताहरूकाे अातिथ्यता रहेकाे थियाे । नेपाली काँग्रेस निकट पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा नेकपा माअाेवादी परित्याग गरि धेरै संख्यमा नेपाली काँग्रेस प्रवेश गरेकाे थियाे । कार्यक्रममा ११ वटा टाेलहरूवाट ३०० भन्दा धेरै काँग्रेस नेता तथा कार्यकताहरूकाे उपस्थिति थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here