रसुवाको आमाछोदिङमो मा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    सानू बहादुर तामाङ, रसुवा । स्वास्थ्य कार्यालय रसुवाको आयोजना र आमाछोदिङमो गाउँपालिकाको सहकार्यमा दक्ष तथा अनुभवी चिकित्सकहरु एबं स्वास्थ्यकर्मीहरु द्वारा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ !

    श्री हाकु मा.वि. ठुलोहाकुमा सञ्चालन भएको शिविरमा साबिक हाकु १,२,३,४,५,६ र ७ अन्तर्गत नेसिङ, सानोहाकु, पाङ्लिङ, हाकुबेशी, फुलबारी, ठुलोहाकु र लुम्बुडाँडा गाउँका जनताले सेवा पाएका छन । विभिन्न समस्याबाट पीडित जम्मा २१६ जनाले सेवा प्राप्त गरेको हाकु स्वास्थ्य चौकीका अहेब कमल बहादुर बिष्टले बताउनु भयो ! जसमध्ये आँखाको मात्र सेवा लिने १३१जना मध्ये १५ जनालाई अप्रेसनको लागि रिफर गरिएको र बाँकीलाई औषधि दिएर पठाएको बताइएको छ ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here