सुनकाे भाउ एकै दिन २५ सयले वृद्धि

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेर तोलाको ९९ हजार रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ तोकिएको छ । जसको मूल्य बुधबार प्रतितोला ९६ हजार रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेर तोलाको एक हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

नेपालको सुनचाँदी बजारमा अन्तर्राष्ट्रिय कारोबारले प्रभाव पार्ने हुँदा विश्व बजारमा सुनचाँदीको मूल्य बढेअनुसार नै आज नेपालको बजार मूल्यमा त्यसको प्रभाव परेको महासंघका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३९ डलर आसपास कारोबार भइरहेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here