‘अन्तरास्ट्रिय तामाङ डम्फु पार्क’ नमुना पार्कको रुपमा बिकास हुँदै

जुनु घलान, काठमाडौ । नागार्जुन नगरपालिकाको मेयर मोहन बस्नेत द्वारा ५ लाख बजेट छुट्याइए पछि सुरु भएको “अन्तरास्ट्रिय तामाङ डम्फू पार्क” यहि क्षेत्रको प्रदेश सांसद केसब पोखरेलले पार्क आसपास तारबारको लागि ३५ लाख बिनियोजित गर्नु भयो । ५ लाख रुपैयाले डम्फू पार्क सम्म डिपिआर को निम्ति बजेट बिनियोजित भएकोमा, माघ २९ गते प्रदेश उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यमा २८४८ औ सोनाम ल्होसारको अवसरमा उद्घाटन गरिएको छ ।

तामाङ नमुना गाउँ डम्फु पार्क उपभोक्ता समितिका अध्यक्ष सुर्यमान तामाङले सानो डम्फु पार्क बनाउने काम बृहत हुँदै गएको बताउनु भयो । तामाङ समुदायको वस्ती भएको उक्त नागार्जुन ६ तिनघरे रामकोट डाडामा करिब २७ रोपनी जग्गा बेवारिसे अवस्थामा रहेकोले त्यहाँका स्थानीयले तामाङ भाषामा काम नलाग्ने ठाँडाघाङ भन्दै आएकोमा हाल सुन्दर एबं हिरा जस्तै भएको अध्यक्ष तामाङ बताउनु हुन्छ ।

२०४० सालमा यहाँका तामाङ बालबच्चाहरुको पठनपाठनको लागि विद्यालयको स्थापना पनि यहि स्थानमा भएको थियो । साथै हाल २ लाख लिटर पानी अट्ने पानी ट्याङ्की एबं सामुदायिक भवन पनि यहि निर्माण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here