गंगाजमुनामा रुखको जरा सगै ढुंगा माटाेले डोजर सहित पुरिएर चालक चौधरीको निधन

धादिङ । रुबिभ्यालीको घटना सेलाउनु नपाउदै गंगाजमुना ५, फुलखर्क स्थित सुकुभञ्ज्याङ् मराउठी माजुवाबेसि नामक सडक खन्ने क्रममा माथी बाट ठुलो रुखको जरा सहित ढुंगा माटाे आएर डाेजर पुरिदा सर्लाही घर भएका डाेजर चालक रोशन चौधरीको घटना स्थलमै मृत्यु भएको स्थानीय बासिन्दाले बताए ।

डोजर चालक रोशन चौधरीको घरमा श्रीमती र एउटा छोरा रहेको रोशन चौधरीको साथी रुबेन घलेले होराईजन खबरलाई जानकारी गराउनु भयो । घटना स्थलमा हाल प्रहरी पुगिसकेको छ । साथै दुर्घटनामा परेको उक्त टाटा हिटाजि डाेजर धादिङ कन्स्ट्रक्सनको मालिक दीपेन्द्र बुडाथाेकिको नाममा रहेको जानकारी प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here