सन्दिप स्याम्चेनको पहलमा मृगौला पीडित ख्रीस्टमाया तामाङलाई इन्द्रेणी टोलिबाट आर्थिक सहयोग

धादिङ । म्हेन्दोमाया गायक तथा गितकार संगीतकार अनि पत्रकार र समाजसेवी एवम नेपाल जनसास्कृतिक बिभाग धादिङ जिल्ला संयोजक तथा अध्यक्ष तामाङ पत्रकार संघ बागमति प्रदेश सदस्य सन्दिप स्याम्चेन तामाङको पहलमा साबिकको झार्लाङ गाबिस हालको खनियाबास वडा न-१ निवासी सु श्री ख्रीस्टमाया तामाङ बिगत १ बर्ष देखि दुबै मृगौलाले काम नलाग्ने भएर पोखरा को मनिपाल शिक्षण अस्पतालमा उपचाररत तामाङ लाई नेपाल कै चर्चित चन्दा दादा गरिब दुखी लाई सहयोग गर्दै आइरहेको कार्यक्रम इन्द्रेणीको टोलिबाट सोमबार रु,३०,००० अक्षरुपि तीस हजार को चेक हस्तान्तरण गरि सहयोग प्रदान गरिएको छ ।

इन्द्रेणी कार्यक्रमका चर्चित गायिका मनमाया वाइबा ज्युले उक्त चेक बिरामी स्वायम ख्रीस्टमाया र उहाको दाजु हरु राजेन्द्र तामाङ र राम प्रसाद तामाङ लाई हस्तान्तरण गरिएको हो ।

साथै गायक स्याम्चेन ले बिगतका दिन हरुमा यस्ता धेरै सामाजिक कामहरु धेरै गरि सक्नु भएको छ । मृगौला पिडित सेम्जोङ निवासी आसा माया तामाङ बचाउ अभियान, राम्री माया श्रेष्ठ बचाउ अभियान, तारा थापा तामाङ बचाउ अभियान,कृष्ण शाही ठाकुरी बचाउ अभियान,सन्जिब तामाङ बचाउ अभियान जस्तै विभिन्न अनाथ बालबालिकाहरुलाइ समेत सहयोग कार्यक्रमहरु गरि सक्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here