सफल मानिसका ५० राम्रा बानी व्यवहारहरु

काठमाडौँ । जीवनमा सफता पाउने सपना, थुप्रै धन कमाउने र महान बन्ने सपना त धेरैको हुन्छ । तर सबैका सपना पूरा हुँदैनन् ।
उनीहरु मात्रै सफल हुँदैनन जसले बिभिन्न बहाना बनाएर मेहनत गर्नबाट जीवन संघर्षको जाखिम उठाउनबाट पन्छिने गर्छन् । जीवनमा सफलता प्रापत गर्नका लागि पहिलले जोखिम बहन गर्न र मेहनत गर्ने आँट गर्नुपर्छ ।
याद गर्नुस बाहाना बनाउनेहरु संसारमा कहिल्ल पनि सफल भएका छैनन् । सफलतको सबै भन्दा ठूलो बाधक भने कै तपाईले गर्ने बाहाना र अरुलाई दिने दोष मात्र हो । धन सम्पती पैसा वा तपाईको परिस्थिती होइन ।
एकपटक यी तल उल्लेखित बानीहरूको अध्ययन गरी आफ्नो बानीलाई एकपटक अध्ययन गर्नुहोस्, आफ्नो बानी र तल उल्लेख गरिएका बानीहरूको बारेमा के फरक छ ?
यसको विश्लेषण गरी आफ्नो जीवनमा प्रयोग गर्नुहोस् । यसबाट गहिरो प्रेरणा, बुद्धि र अन्तरदृष्टिलाई सुधार गर्न मद्दत गर्छ । निम्न बानीहरू दैनिक भवनमा अझ समर्थनात्मक र व्यावहारिक हुन्छन् जसले संसार जित्न सजिलो हुन्छ ?

१) जहाँ अरूले केही देख्दैनन तिनीहरू खोज्छन् र अवसरहरू पाउँछन्, २) अन्य व्यक्तिहरूले समस्या नै समस्या मात्र देख्छन् तर उनीहरू अवसरै अवसर मात्र देख्छन् ।
३) हरेक समस्याको समाधानमा मात्र केन्द्रित हुन्छन् । ४) संचततापूर्वक र विधिपूर्वक आफ्नो सफलता सिर्जना गर्छन् तर आस गरेर बस्दैनन् ।
५) अरूझै सरल देखिन्छन तर काम भने विशिष्ट र उत्कृष्ट गर्छन् । ६) एउटा उत्पादनशील, सिर्जनात्मक र सकारात्मक प्रश्नहरूमात्र गर्छन्, ७) बिरलै सिकायत (शक्तिको बर्बादी) गर्छन्,
८) अरूलाई दोष लगाउदैनन्, आफूले गरेका कार्यहरू र परिणामका लागि पूर्ण जिम्मेवारी आफै लिन्छन् । ९) सम्भावनालाई सधैं अगाडि बढाउने र अझ प्रभावकारी तरिकाले प्रयोग गर्ने चाहना गर्छन् ।
१०) सधैं व्यस्त हुन्छन्, उत्पादनशील र क्रियाशील योजनामा व्यस्त हुन्छन्, ११) आफ्नो टिमको एउटा हिस्सा म पनि हुँ भन्ने बुझदछन् र जित जितको सम्बन्ध सिर्जना गर्दछन् ।

१२) बढी महत्वकाँक्षी हुन्छन्, कल्पना गर्न चाहन्छन्, सबैभन्दा राम्रो जीवन बाँच्न चाहान्छन् । त्यसैगरी उच्च जीवन बिताउँछन् । १३) स्पष्ट र निश्चित दृष्टिकोण हुन्छ कि जीवनका लागि के तिनीहरू चाहन्छन वा चाहदैनन् ।
१४) नक्कल गर्नभन्दा अन्वेषण गर्न रुचाउँछन्, १५) अन्य व्यक्तिलाई पर्खेर आफ्नो समय खेर फाल्दैनन्, १६) जीवनभर नै सिकारूहरू बनिरहन्छन र सधैं नयाँ विचारमा तल्लीन हुन चाहन्छन् १७) असल चिज पत्ता लगाउन सक्ने क्षमता हुन्छ
१८) आफ्नो जीवनलाई नै रोक्दै र सूरू गर्दै जीवन बिताउन चाहँदैनन्, १९) आर्थिक, सम्वेगात्मक, व्यवसायिक र मनोवैज्ञानिक कुराहरूमा जोखिम लिन तयार हुन्छन् २०) समस्याहरू र चुनौतीहरूसँग चाँडो र प्रभावकारी ढङ्गले उपयोग गर्दछन् ।
२१) आफ्नै सबभन्दा राम्रो जीवन सक्रियरूपले र सचेततापूर्वक सिर्जना गर्न प्रतिबद्ध गर्छन २२) सक्रिय मात्र होइन पुनः सक्रिय भएर आफ्नो काम पुरा गर्दछन् २३) व्यवस्थापन प्रणाली प्रभावकारी २४) सचेततापूर्वक सञ्चार गर्दछन् गर्दछन
२५) जीवन एउटा सफल योजनाबद्ध घटना र परिणामको संयोग हो भन्ने ठान्छन्, २६) सफल मानिसहरूले गर्ने निर्णय अन्य मानिसहरूले गर्न जान्दैनन् र गर्दैनन्, २७) सफल मानिसहरूले कामको मूल्य र फाइदा स्पष्ट बन्दछन ।

२८) आफ्नो मूल मर्म पहिचान गरेका हुन्छन २९) सन्तुलनमा काम गर्ने क्षमता हन्छ, ३०) अनुशासन, आत्म नियन्त्रण र शक्तिको महत्व बभदछन ३१) हरेक समय सुरक्षित हुन्छन् ।
३२) दयालु र दानी हुन्छन् र अरूलाई सहयोग गर्दा उनीहरू आनन्द लिन्छन् ३३) नयाँ अपरिचित साथीहरूलाई आदर गर्दछन्, ३४) सरल हुन्छन् र गल्ती स्वीकार गर्न र माफी माग्न अप्ठयारो र लाज मान्दैनन्। ३५) आफ्नो शरीरको हेरचाह गर्न सबल .हुन्छन् ।
३६) बलियो इन्जिन भएकाले कडा कार्य गर्छन् र अल्छी हुँदैनन्, ३७) लचकदार हुन्छन् ३८) खुल्ला हुन्छन् र पृष्ठपोषण गर्न र सुन्न मन पराउँछन् ३९) अल्छी मनिससित अल्मलिदैनन् ४०) आफ्नो शक्तिलाई नियन्त्रण बाहिर राख्दैनन्
४१) आफ्नो मानिस खुसी पार्नेभन्दा पनि पेसागत काममा ध्यान दिन्छन्, ४२) आफ्नै कम्पनीमा काम गर्न आनन्द मान्छन् ४३) वचनबद्धता र प्रतिबद्धता हुन्छन् जुन काम गर्ने शक्ति र क्षमता प्रदर्शन गर्दछन्, ४४) असफलतबाट डराउँदैनन् ।
४५। खुसी र आनन्द लिन जान्दछन् ४६) जीवनवृत्ति परिचय र पहिचान होइन, कर्म हो भन्ने सोच गर्दछन् ४७) प्रभावकारिता र सङ्क्षिप्ततामा चाख राख्छन्
४८) जति सुरू गर्छन्, त्यसलाई समाप्त पनि गर्छन् ४९) बहुआयामिक हुन्छन् ५०) सिद्धान्तका बारेमा कुरा गर्दैनन्, वास्तविकतामा बाँच्छन् र रमाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here