त्रिविका सबै तहको पठनपाठन फागुन १ देखि भौतिक उपस्थिती मै हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि) ले आगामी फागुन १ देखि भौतिक उपस्थितिमा पठनपाठन गर्न निर्देशन दिएको छ।

सवै स्कुल, विभाग र क्याम्पसलाई आगामी फागुन १ देखि भौतिक उपस्थितिमा पठनपाठन गर्न निर्देशन दिएको हो।
त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालका अनुसार त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना संक्रमणले रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको हो।

कोरोना संक्रमण बढ्दै गएपछि त्रिविले भर्चुअल पठनपाठन गरेको थियो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here