उत्तर कोरियाली सुरक्षा खतरा सामना गर्न तीन देश सहमत

अन्तर्राष्ट्रिय खबर । उत्तर कोरियाले निम्त्याउने सम्भावित सुरक्षा खतरा सामना गर्न तीन देश सहमत भएका छन्। उत्तर कोरियाले गर्ने गतिविधिका कारण विश्वमा सिर्जना हुने सम्भावित सुरक्षा खतरा सामना गर्न जापान, अमेरिका र दक्षिण कोरिया बिहीबार सहमत भएका हुन्। 
जपानको रक्षा मन्त्रालयले सो जानकारी दिएको हो। उत्तर कोरियाले गर्ने आणविक र क्षेप्यास्त्र कार्यक्रमले उत्पन्न हुने सुरक्षा खतरा र चुनौति सामना गर्न एकसाथ सहकार्य गर्नेमा तीनवटै मुलुक सहमत भएको क्योडो न्युजमा समाचार छ। 
सुरक्षा सम्बन्धमा भएको त्रिपक्षीय फोनबार्तामार्फत् सो सहमति जनाइएको बताइएको छ। जापानी रक्षा मन्त्री नोबुओ किशी, अमेरिकी र दक्षिण कोरियाली समकक्षी लियोड अस्टिन र सु वुकबीच भएको फोनवार्तामा सो सहमति भएको बताइएको छ। सन् २०१९ यता अमेरिका, जापान र दक्षिण कोरियाली कूटनीतिज्ञद्वारा सो सम्बन्धमा पहिलोपटक वार्ता भएको बताइएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here