नेपालमा थप १३६९ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो समय कोरोना संक्रमित दर घटे पनि मृत्यु दर भने बढेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १३६९ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ११ हजार ८८० जनाकोन नमुना परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्।
त्यस्तै थप २२३८ जना संक्रमित कोरोनामुक्त भएका छन् भने २९ हजार ४ जना सक्रिय संक्रमित रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here