शिक्षा तथा मानव श्रोत बिकास केन्द्र द्वारा फागुन १ देखि बिद्यालय संचालन गर्न निर्देशन

काठमाडौ – शिक्षा तथा मानव श्रोत बिकास केन्द्रले फागुन १ देखि बिद्यालय संचालन गर्न निर्देशन दिएको छ।
केन्द्रले सिसिएमसिको मिति २०७८ माघ सिफारिस बमोजिम बिश्वबिद्धालय, बिद्यालयय, ट्युसन सेन्टर, तालिम केन्द्र वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप जनस्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाइ २०७८ फागु १ बाट संचालन गर्न निर्देशन दिएको हो।

त्यसैगरी केन्द्रले एक सूचना जारी गर्दै  (१२ वर्ष माथिका विद्यार्थीलाई नियमित र १२ वर्ष मुनिका विद्यार्थीलाई आलोपालो रुपमा विद्यालय सञ्चालन गर्ने व्यवस्थाका लागि शिक्षा गृहमन्त्रालय र शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय लाई गरेको सिफारिस बमोजिम शिक्षा विकास तथा समन्वय इकाई ७७ र स्थानीय तह सबैलाई यसै परिपत्र पठाइ कार्यनयनका लागि अनुरोध समेत गरेको छ।
यसअघि सिसिएमसी ले फागुन १ देखि सम्पुर्ण शिक्षणसंस्था फागुन १ देखि भौतिक उपस्थिति मै संचालन गर्न नेपाल सरकार मन्त्रीपरिषद लाई सिफारिस गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here