युक्रेनको तनावका बीच फ्रान्सेली राष्ट्रपति र रुसी राष्ट्रपति बीच भेटवार्ता 

एजेन्सी । युक्रेनमा जारी तनावका बीच फ्रान्सेली राष्ट्रपति इमयानुअल म्याक्रोन र रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनबीच भेटवार्ता भएको छ । युक्रेनमा जारी तनाव अन्त्य गर्न दुई देशका राष्ट्रपतिबीच सोमबार भेटवार्ता भएको हो । 
दुवै राष्ट्रपतिले सोमबार रुसको राजधानी मस्कोमा भेटवार्ता गरेका हुन् । उनीहरुले युरोपेली सुरक्षाको लागि भेटवार्ता गरेको अन्र्तराष्ट्रिय मिडियामा खबर छ ।  फ्रान्सेली राष्ट्रपति म्याक्रोनले पुटिनसँगको भेटमा समग्र युरोपको सुरक्षा एवम् स्थायित्व तय गर्न पहल जरुरी रहेको बताएका छन् ।  
सो भेटमा युक्रेनमा युद्धको त्रास अन्त्य गर्न र आपसी सम्बन्धलाई बलियो बनाउन म्याक्रोनले रुसी राष्ट्रपति पुटिनसँग आग्रह गरेका छन् । यता पुटिनले भने युक्रेनलाई कुनैपनि हालतमा नाटोमा सामेल गराउने रुसको आशंका हटाएपछि मात्र सो त्रास अन्त्य गर्ने बताएका छन् ।
पुटिनसँगको भेटवार्तापछि म्याक्रोन यतिबेला युक्रेनको राजधानी किभ पुगेका छन् । युक्रेनको विषयलाई लिएर पछिल्लो समय पश्चिमा मुलुकमा तनाव बढिरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here