कमल थापा द्वारा राप्रपा परित्यागको घोषणा

राष्ट्रिय प्रजातान्त्र पाटी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार गृहनगर हेटौंडामा सञ्चारकर्मीसँग कुरा गर्दै पाटीबाट अलग हुने घोषण गरेका हुन् ।
‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले पार्टीबाट अलग हुने निर्णय गरेको छु, ‘उनले भने । पाटीभित्र आफ्नो कुरा सुनुवाइ नहुने भएपछि बाँकी क्रियाशिल जीवन पाटीमै बिताउने मन हुँदाहुँदै अप्रिय निर्णय गर्न बाध्य भएको उनले बताए । 
साथै उनले नयाँ दल खोल्न सक्ने संकेत पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here