युक्रेनमाथि आक्रमण गर्न रुस ७० प्रतिशत तयार

एजेन्सी । युक्रेनमाथि आक्रमण गर्न रुस ७० प्रतिशत तयार रहेको अमेरिकी अधिकारीहरुले बताएका छन्। आगामी हप्तामा युक्रेनमाथि आक्रमण गर्ने गरी रुसले यतिबेला कम्तीमा ७० प्रतिशत तयारी गरिसकेको अमेरिकी अधिकारीहरुले बताएका हुन्।

रुसले मध्य फेब्रुअरीदेखि युक्रेनमाथि आक्रमण गर्ने गरी तयारी अवस्थामा रहेको गोप्य स्रोतले अन्तर्राष्ट्रिय मिडियासँग बताएका छन्। सो सूचना गुप्तचर निकायका अधिकारीहरुले उपलब्ध गराएको बताइएको छ।
रुसले युक्रेनको सीमानजिकै आफ्नो क्षेत्रमा १ लाखभन्दा बढी सैनिक तैनाथ गरेको बताइएको छ। यद्यपि, रुसले भने युक्रेनमाथि आक्रमण गर्ने योजना रहेकोमा अस्वीकार गर्दै आएको छ। युक्रेनमाथि रुसले आक्रमण गर्ने विषयमा पछिल्लो समय पश्चिमा मुलुकहरुमा तनाव सिर्जना भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here