नुवाकोटका मृगौला पीडित सुबबहादुर तामाङ द्वारा सहयोगको लागि अपिल

नुवाकोट जिल्ला म्यागाङ गाउँपालिका ३ गोगनेका मृगौला पिडित सुबबहादुर तामाङको उपचारको क्रममा आर्थिक अभाव भए पछी सहयोगको लागि अपिल गरेका छन् ।

रिले तामाङ र उहिसङ् तामाङको जेठो छोरा सुबबहादुर तामाङ दुबै मृगौला खराबी भएर पाटन अस्पतालमा उपचाररत हुनुहुन्छ । डाक्टर को सल्लाह अनुसार अस्पताल मै बसी केहि समय चेक जाँच पछी मात्र मृगौला प्रत्यारोपण गर्न मिल्ने या नमिल्ने निस्कर्ष निक्लिने जानकारी प्राप्त भएको छ।

मृगौला प्रत्यारोपण नभएसम्मको लागि समय समयमा डायलासिस र रगत रिफ्रेश गरिरहनु पर्ने भएको र आर्थिक अवस्था एकदम नाजुक रहेकोले उपचारको लागि औषधि किन्न समेत आर्थिक समस्या भएको कारणले सहयोगको अपिल गरेका हुन ।

“सेवा नै धर्म हो ” तपाईंको सानो सहयोगले सुबबहादुर तामाङले नयाँ जिबन प्राप्त गर्न सक्नु हुन्छ । आफुले जेजति सकिन्छ सहयोग गर्न विनम्र अनुरोधको साथ इच्छुक ब्यक्तिहरुले निम्न बैंक खाता मार्फत वा उल्लेखीत नम्बरमा सिधै सम्पर्क गरि सहयोग हस्तान्तरण गर्न सक्नु हुन्छ ।

सहयोगका लागि सम्पर्क:-
Uhisang Tamang
Acc No-05707726180018
Himalayn Bank Ltd, Myagang Branch, Nuwakot
फोन नं – 9860006049 (उहिसङ् तामाङ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here