महिला मोडलसँग नजिक भएर काम गर्नैपर्छ, म प्लेब्वाइ होइन; पल शाह

काठमाडौं । म्युजिक भिडियोका व्यस्त मोडल तथा अभिनेता पल शाहलाई विभिन्न उपनाम दिने गरेको पाइन्छ। म्युजिक भिडियोका व्यस्त यी अभिनेताको विभिन्न महिला मोडलसँग नाम पनि जोडिने गरेको छ।

केही समयअघि गायिका समीक्षा अधिकारीसँग उनको जोडिएपछि यसले मनोरञ्जनवृत्तमा निकै चर्चा पाएको थियो। यसरी महिला मोडलहरुसँग नाम जोडिएको आधारमा कतिपयले पललाई ‘प्लेब्वाइ हिरो’को ट्याग समेत भिराउने गरेका छन्। तर, अभिनेता पल शाह भने यो कुरालाई सोझै खण्डन गर्छन्। उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘म मनोरञ्जन क्षेत्रमा काम गर्छु। त्यसैले महिला मोडलसँग नजिक भएर काम गर्नैपर्छ। कुनै पनि सहकर्मी कलाकारसँग केमेस्ट्री बनाउनका लागि भएपनि थोरै मिहिनेत गर्नैपर्छ।’

पलले यसरी नजिक हुनुलाई प्लेब्वाइ नै भन्न नमिल्ने बताए। उनले अगाडि भने, ‘पहिले पहिले गाउँतिर कुनै केटीसँग बोल्दा, हाँस्दा, हात समातेर हिँड्दा लभ नै परेको भनेर हल्ला गरिन्थ्यो। तर यसो गर्दैमा लभ पर्छ भन्ने हुँदोरहेनछ। उनीहरुको सम्बन्ध मित्रतामा जोडिएको पनि हुनसक्छ।’ पलले आफूलाई कुनै महिला कलाकारसँग केमेस्ट्री बलियो बनाउँदा ‘प्लेब्वाइ’ भनिन्छ भने आफ्नो भन्नु केही नरहेको बताए। तर, यसमा आफ्नो गल्ती नभएको उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here