सुनको मुल्य निरन्तर ओरालो !

काठमाडौ । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५००मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० रहेको छ यसको मूल्य बिहीबार प्रतितोला रु ९३ हजार थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ले घटेर रु एक हजार २६५ कायम भएको महासङ्घले जनाएको छ। 
महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको छ। – रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here