पाकिस्तानमा प्रहरी नै अपहरणकारी

एजेन्सी । पाकिस्तानमा प्रहरीले नै नागरिकको अपहरण गरेको खुलेको छ। पाकिस्तानको राजधानी इस्लामावादमा चार प्रहरीले नै सर्वसाधारण नागरिकको अपहरण गरेको खुलेको हो। 
प्रहरीले तीन सर्वसाधारण नागरिकको अपहरण गरेको आइतबार खुलासा भएको हो। स्थानीयले चार प्रहरीविरुद्ध अपहरणको उजुरी हालेपछि सो घटना बाहिरिएको स्थानिय मिडिया डान न्युजमा खबर छ। 
डान न्युजकाअनुसार आरोपित प्रहरीले अपहरित ती नागरिकबाट जनही १६ लाख रुपैँया माग गरेका थिए। पीडितले मागेजती रकम अपहरणकारीसमक्ष बुझाएर आफु छुटेका थिए। स्थानीयले शंकाको आधारमा उजुरी गरेपछि घटना बाहिरिएको थियो। हालः त्यहाँको प्रहरीले आरोपित चार प्रहरीमध्ये एक जनालाई पक्राउ गरी निलम्बनमा राखेको र अन्य तीन जना फरार रहेको बताइएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here