थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण, २८ जनामा ओमिक्रोन र ४ जनामा डेल्टा भेरिएन्ट

    
 

काठमाडौ । नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि १७ हजार ४३७ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्। योसँगै कूल सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ।

त्यसैगरी, थप २८ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो। साथै ४ जनामा डेल्टा भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ। यसअघि दुई विदेशीसहित २६ जनामा ओमिक्रोन देखिएको थियो। 

त्यस्तै पछिल्लो २४ घन्टामा थप १४१६ जना संङ्क्रमित कोरोनामुक्त भएका छन् भने थप ४ जना संक्रमितको मृत्यु भएको छ। यसअघि एकैदिन १० हजार बढी संक्रमित देखिँदै आएको थियो।