विश्वकै एक रहस्यमय ठाँउ, अमेजन जंगलको जानकारी (तस्बिर)

एजेन्सी । अमेजन जङ्गल संसारकै सबैभन्दा ठूलो जङ्गल हो । यसले ब्राजिल, कोलम्बिया, पेरु लगयात दक्षिण अमेरिकाको धेरै भुभाग ओगटेको छ। यो जङ्गल को बिचबाट अमेजन नदि बगेको छ। यो नदि विश्वको सबै भन्दा ठूलो नदि हो । यस जङ्गलबाट विश्वको सबैभन्दा बढी अक्सिजन पाइन्छ।

यहाँ विश्वका दुर्लभ बनस्पति तथा जनावरहरु पाइन्छ। यो जङ्गल भित्रको कतिपय रहस्यमय कुराहरु अहिले सम्म पत्ता लाग्न सकेको छैन। यहाँ विभिन्न जडिबुटी पनि पाइन्छ। यस्तै अत्यन्त विषालु जीव र वनस्पति पनि पाइन्छ।

यस जङ्गलमा धेरै संख्यामा फरकफरक आदिबासीहरुको बसोबास रहेको छ। कतिपय आदिबासीहरु आक्रामक खालको छन्। उनीहरुको आक्रमणले गर्दा त्यहाँ गएका मानिसको ज्यान समेत गएको छ ।

अमेजन जङ्गलमा एउटा यस्तो नदि छ त्यो नदिको पानी बाट सधैं बाफ आउने गर्दछ। यो एउटा अनौठो रहस्यमय कुरा हो। नदिमा उम्लिएको पानी बग्नु भन्ने कुरा एउटा सुन्दा पनि अनौठो लाग्छ ।

यहाँको वातावरण पनि अन्य ठाउँको भन्दा फरक रहेको छ। यस ठाउँको बारेमा निरन्तर खोज र अनुसन्धान भैरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here