डोनाल्ड ट्रम्पले ‘ट्रुथ’ नामको सामाजिक सञ्जाल फेब्रुअरीमा सार्वजनिक गर्ने

एजेन्सी । ट्वीटर, फेसबुक, युट्युवले आफूलाई प्रतिबन्ध लगाएपछि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले छुट्टै सामाजिक सञ्जाल सार्वजनिक गर्ने तयारी गरेका छन् ।

‘ट्रुथ’ नामको उनको सामाजिक सञ्जाल आउँदो महिना अर्थात् फेब्रुअरीमा सार्वजनिक हुने तरखरमा छ । एप्पलको एप स्टोरमा ‘प्रि-अर्डर’ अर्थात् चाँडै नै सार्वजनिक हुने एपको सूचीमा ‘ट्रुथ’ आइसकेको छ ।

गत वर्ष नियम उल्लघंन गरेको भन्दै ट्वीटर, फेसबुक र युट्युवजस्ता सामाजिक सञ्जालले ट्रम्पलाई आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाएका थिए ।

ट्रम्पलाई ट्वीटरले सधैंका लागि प्रतिबन्ध लगाएको छ भने फेसबुकले २०२३ सालसम्म प्रतिबन्ध लगाएको छ ।

युट्युवले भने अनिश्चित समयका लागि ट्रम्पलाई प्रतिबन्ध लगाएको छ ।

यसपछि उनले आफ्नै सामाजिक सञ्जालको प्लेटफर्म सुरु गर्ने निर्णय गरेर काम गरिरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here