नुवाकोट जिल्ला अस्पतालको लापरवाहीले पटक पटक सुत्केरीको मृत्यु, थप १ को निधन

    नुवाकोटको जिल्ला अस्पताल त्रिशुली अस्पतालको लापरवाहीले एक सुत्केरीको मृत्यु भएको छ । विदुर नगरपालिका वडा नम्बर -७ तुप्चेकी सुत्केरीको मृत्यु भएको हो ।
    न्युनतम सेवा मापदण्डमा उच्चतम अंक हासिल गरेको अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएसँगै सोमवार रातीदेखि त्रिशुली अस्पताल तनावग्रस्त बनेको छ ।
    घटनाको दोषीलाई कारवाहीको माग गर्दै मृतकका आफन्तले त्रिशुली अस्पतालमा विरोध प्रर्दशन गरेका छन् ।
    यसअघि अस्पतालको लापरवाहीको कारण पटक पटक गरि झण्डै आधा दर्जन सुत्केरीको मृत्यु भइसकेको छ ।
    पुन: एकपटक तुप्चे कि सावित्रि कोईरालाले सोहि प्रकृतिको विरामि भई अस्पताल वसेको ३ दिन पछि गएराती अस्पताल र चिकित्सकको लापरवाहीको कारण मृत्युवरण गर्नुपरेको हो।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here