लाेकसेवा तथा शिक्षा सेवा तयारी गर्दा ध्यानदिनुपर्ने महत्त्वपूर्ण कुराहरू

काठमाडाैं । पहिला विषयवस्तुको अवधारणा के हो भन्ने कुरा बुझ्नुपर्छ । जस्तै निजामति सेवाको विषयमा अध्ययन गर्दा शूरुमा निजामति सेवाको अवधारणा के हो र कसरी आयो भन्ने कुरा प्रष्ट हुनुपर्छ ।
अवधारणामा स्पष्ट भएपछि त्यो अवधारणाले सिद्धान्तको कसरी विकास गर्यो भन्ने पढ्नुपर्छ । त्यसपछि त्यो विषयवस्तुको अवधारणा र सिद्धान्तलाई हाम्रो देशको कानुन र नीतिबाट कसरी समेटेका छौँ भनेर बुझ्नुपर्छ । पढ्नुपर्छ ।
जस्तै जलवायु परिवर्तनको विषयमा अध्ययन गर्न लागेको हो भने जलवायु परिवर्तन भनेको के हो ? यसको अवधारणा कसरी विकास भयो ? यसको सिद्धान्त के हो र यसलाई किन महत्व दिएका हौँ भन्नेकुरा बुझ्नुपर्छ ।
यसपछि जलवायु परिवर्तनका सन्दर्भमा हाम्रो देशले बनाएको कानुन के छ भनेर हेर्नुपर्छ । त्यो कानुनको व्याख्या गरेपछि कानुनको कार्यान्वयनका लागि कस्ता कार्यक्रमहरु ल्याएका छौँ भन्ने पनि लेखिनु पर्छ ।
र त्यो कार्यक्रमका व्यवहारिक पक्षहरु कस्ता छन् भन्ने पनि पढ्नुपर्छ । व्यवहारजन्य पक्ष लेखेपछि अवधारणा, सिद्धान्त, कानुन र कार्यक्रमवीच फरक कहाँ छ भन्ने कुरा पनि लेख्नुपर्छ । अन्तिममा निष्कष लेख्नुपर्छ । यसरी हरेक विषयलाई यो विधीबाट पढ्नुपर्छ ।
यस्तै तयारीको शिलशिलामा म अरु प्रतिस्पर्धीभन्दा नजान्नेमा पर्छु भन्ने मान्यता राखेर मेहनत गर्नुपर्छ । प्रत्येक दिन एउटा विषयमा पूर्ण अध्ययन गर्ने र अध्ययन गरेर कण्ठ गरेपछि परिक्षा नै हो भन्ने सम्झेर निश्चित समयभित्र लेख्ने अभ्यास पनि सँगै गर्नुपर्छ ।
यसरी हरेक शीर्षकमा ध्यान दिएर पढ्दै लेख्दै जाने अभ्यास गर्‍यो भने लोकसेवा वा शिक्षा सेवामा परिक्षा पास गर्न अप्ठेरो पर्दैन । आत्तिएर पढ्यो भने परिक्षामा झनै असफल हुन सक्छ । धेरै पढाइले झनै असफल हुनसक्छ । त्यसैले हरेक कुरालाई सावधानिक रुपमा अध्ययन ग¥यो भने तीन/चार महिनाको तयारीमा लोकसेवा परिक्षा उत्रिर्ण गर्न सक्छ ।
दोस्रो र तेस्रो पेपरको तयारी गर्ने विद्यार्थीले ५० देखि ६० वटा विषयवस्तुलाई यो विधीमा अध्ययन गर्नुपर्छ । यो शैलीबाट लोकसेवा तयारी गर्नेहरु पास भएका छन् । धेरै विद्यार्थीहरु गुगलमा खोजेर एउटै विषयमा ४/५ दिन लगाएर पढ्ने गर्छन । तर त्यस्तो गर्नुहुँदैन ।
थोरै पढ्नुस्, चाहिने कुरामात्र पढ्नुस् ।
धेरै पनि नपढ्नुस् । स्पष्ट रुपमा पढ्नुस्, खारेर पढ्नुस्, थोरै पढ्नुस् तर आवश्यक मात्र पढ्नुस् र सरकारी तथ्यांकहरुमा असाध्यै ध्यान दिएर पढ्नुस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here