उत्तर कोरिया पनि शीतकालीन बेइजिङ ओलम्पिकमा सहभागी नहुने

अन्तर्राष्ट्रिय खबर । उत्तर कोरिया पनि चीनको शीतकालीन बेइजिङ ओपलिम्पक्समा सहभागी नहुने भएको छ। आगामी महिना राजधानी बेइजिङमा आयोजित ओलम्पिक्समा उत्तर कोरिया सहभागी नहुने भएको हो।
अमेरिकाले बेइजिङ ओलम्पिक्सको सफल उद्घाटन रोक्ने प्रयास गरेको आरोप लगाउँदै उत्तर कोरियाले शुक्रबार सो खेलकुद कार्यक्रममा सहभागी नहुने बताएको हो। संसारभरि बढ्दो कोरोना संक्रमणका कारण आफुले खेलकुदमा सहभागी नहुने निर्णय गरेको समेत बताएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।
यसअघि अमेरिका, अष्ट्रेलिया, बेलायत र जापानले शीतकालीन बेइजिङ ओलम्पिक्स खेलकुद कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेका थिए। शीतकालीन बेइजिङ ओलम्पिक्स आगामी फेब्रुअरी ४ देखि बेइजिङमा सुरु हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here