नारायणहिटी परिसरमा निर्माण भएको रेष्टुरेन्टको संरचना मन्त्री आलेको निर्देशनमा भत्काइयो

काठमाडौ । नारायणहिटी संग्रहालय परिसरमा रेष्टुरेन्टका लागि निर्माण भएका संरचना भत्काइएको छ ।
सरकारले संग्रहालय परिसररमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति गठन गरेलगत्तै कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशनमा रेष्टुराँ परिसरको पर्खाल भत्काइएको हो ।
बतास समूहलाई १० रोपनी जग्गा भाडामा दिएको विषय विवादमा तानिएसँगै सरकारले बिहीबार मात्रै छानबिन समिति बनाएको थियो ।
तर समितिले काम सुरु गर्नुअघि नै संग्रहालयका कार्यकारी निर्देशक दाहाल आफैं उपस्थित भएर पर्खाललगायतका संरचना भत्काउन लगाएका हुन् ।
आफूले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रेष्टुराँ परिसरमा बनेको थप संरचना भत्काउन पत्राचार गरेको कार्यकारी निर्देशक दाहालले बताए ।
२०६६ सालमै नारायणहिटी परिसरमा बनेको रातो घरलाई २०७६ साल माघमा बतास समुहलाई कफीसप सञ्चालान गर्न अनुमति दिएको थियोे ।
नारायणहिटीको जग्गा अधिग्रहण गरी बतास समुहले जथाभावी संरचना निर्माण गरेपछि विवाद भएको हो ।
पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन भएको छ ।
नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा समितिले छानबिन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here