आज सुनको मुल्यमा गिरावट

काठमाडौ । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँमा आएको छ । सुन अघिल्लो दिन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ९०० रुपैयाँ तोकिएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँमा आएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here