रामचन्द्र पौडेल नेपाली कांग्रेसको दोस्रो वरियतामा

काठमाडौ । नेपाली काँग्रेसमा रामचन्द्र पौडेलको वरियता तोकिएको छ।  काँग्रेसमा रामचन्द्र पौडेललाई दोस्रो वरियता दिइएको छ ।
सभापति शेरबहादुर देउवाको मनोनयनमा परेका पौडेललाई दोस्रो वरियता दिइएको हो । यसअघि १४ औँ महाधिवेशन प्रक्रियामा सहभागी नभएका पौडेललाई देउवाले मनोनयन गरेका थिए भने सोमबारको केन्द्रीय समिति बैठकमा उनलाई दोस्रो वरियतामा देउवाले राखेका हुन् ।
महाधिवेशनका बेला राजनीतिबाट सन्यास नै लिनेसम्मको धारणा सार्वजनिक गरेका पौडेल फेरि युटर्न हुँदै राजनीतिमा सक्रिय रहिरहने बताएका थिए । पौडेलपछि पदाधिकारीहरुको वरियता रहेको छ भने त्यसपछि पूर्वपदाधिकारी, शेखर कोइरालाको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here