विश्वलाई फेरि त्रसित बनाईरहेको ओमिक्रोन भेरियन्ट बारे जान्नै पर्ने कुराहरु

ओमिक्रोन भेरियन्ट कस्तो किसिमको भेरियन्ट हो, संक्रमण दर कस्तो छ, यसबाट बच्न के गर्ने बारे सर्वसाधारणलाई जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो फेसबुक पेजमा भीडीयो सेयर गरेको छ। सोही भीडीयो अनुसार तयार पारिएको सामग्री।
ओमिक्रोन भेरियन्ट कस्तो किसिमको भेरियन्ट हो ?
ओमिक्रोन भेरियन्ट कोभिड १९ को सबैभन्दा पछिल्लो भेरियन्ट हो । यो भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पुष्टि भएको थियो भने अहिले यो भेरियन्ट नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ ।

के ओमिक्रोन भेरियन्ट पहिलेको डेल्टा भेरियन्ट भन्दा बढी संक्रामक छ ?
यो भेरियन्ट देखापरेको दक्षिण अफ्रिका तथा अन्य मुलुकहरुमा संक्रमणदर ह्वात्तै बढेको छ । तर, यो ओमिक्रोन कत्तिको संक्रामक छ भन्ने हालसम्म स्पष्ट भइसकेको छैन र, यसबारे थप अध्ययन भइरहेको छ ।
के कोभिड १९ विरुद्धका खोपहरु ओमिक्रोन भेरियन्टविरुद्ध पनि प्रभावकारी छन् ?
ओमिक्रोन भेरियन्ट धेरै छिटो फैलिन सक्ने भेरियन्टका रुपमा देखा परेको छ । हाल वितरण भइरहेको कोभिड–१९ विरुद्धका खोपहरु यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् की सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरु अध्ययन गरीरहेका छन् र अहिलेसम्म ठोस तथ्य पत्ता लागिसकेको छैन ।

पहिले कोभिड–१९ संक्रमण भइसकेकालाई ओमिक्रोन भइसकेकालाई ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्छ ?
पहिले कोभिड १९ संक्रमण भइसकेकालाई समेत फेरी ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्छ ।

ओमिक्रोन भेरियन्टबाट बच्न के गर्ने ?
मास्कको समुचित प्रयोग, भौतिक दुरी कायम, बेलाबेलामा साबुन पानीले हात धुने गर्नुपर्छ । यस्तै, भींडभांड नगर्ने, सेनीटाइजर प्रयोग गर्ने, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने गर्नुपर्छ । जनस्वास्थ्यका मापदण्डहरु कडाइपूर्वक पालना गर्नुपर्छ । र, कोभिड १९ विरुद्धको खोप लगाउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here