हङकङ मामिलामा हस्तक्षेप गरेको आरोपमा चीनद्वारा पाँच अमेरिकीविरूद्ध प्रतिबन्ध

अन्तर्राष्ट्रिय खबर । चीनले हङकङमाथि अमेरिकी अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्धको जवाफमा पूर्व अमेरिकी वाणिज्य मन्त्री विल्बर रस र यूएससीसीका राष्ट्रपति क्यारोलिन बार्थोलोमीसहित पाँच अमेरिकी व्यक्तिहरूमाथि बिहीबार प्रतिकारका उपायहरू लागू गरेको छ।

प्रतिबन्धमा अमेरिकी अधिकारीलाई चिनियाँ मुख्य भूमि, हङकङ र मकाओमा प्रवेश गर्न रोक लगाइने बताइएको छ, साथै चीनमा रहेको उनीहरूको सम्पत्ति रोक्का गरिने छ। चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले दिएको जानकारी अनुसार उनीहरूलाई चिनियाँ नागरिक र संस्थासँग पनि व्यापार गर्न निषेध गरिएको छ। 
गत जुलाईमा अमेरिकाले हङकङमा प्रजातन्त्रमाथि बेइजिङको दमनमा हङकङस्थित जन सरकारको सम्पर्क कार्यालयका पाँच उप निर्देशकहरूसहित सात चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको थियो। 
बेङजिङले अमेरिकाको उक्त कदम गलत भएको भन्दै जवाफमा चीनले पाँच जना अमेरिकी अधिकारीलाई चीन प्रवेशमा प्रतिबन्ध लगाउँदै चीनमा रहेको उनीहरूको सम्पत्ति रोक्का गर्र्ने निर्णय गरेको बताएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here